नेभिगेशन
समाज

रास्वपा नेता कार्की र अमेरिकी ‘योङ रिपब्लिकन’ का अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिक्मतजंग कार्की र अमेरिकाको प्रभावशाली राजनीतिक संगठन ‘योङ रिपब्लिकन’ का अध्यक्ष हेडन प्याजेटबीच डलासमा भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहेका कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशका राजनीतिक दलहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त भेटवार्ता गरेको जानकारी दिए । प्याजेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानमा सक्रिय र प्रभावशाली युवा रिपब्लिकन नेता मानिन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा नेता कार्कीले रास्वपाको राजनीतिक दृष्टिकोण, नेपाल सरकारका प्राथमिकताहरू र नेपालको आर्थिक समृद्धिको लक्ष्यबारे प्याजेटलाई जानकारी गराएका थिए ।

Ncell
Extreme Energy

कार्कीले विशेषगरी नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), निजी क्षेत्रको विकास, उद्यमशीलता र रोजगारी सिर्जनामा रास्वपा नेतृत्वको सरकारले दिएको प्राथमिकताका बारेमा चर्चा गरे ।

नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल सधैं इच्छुक रहेको उनले बताए । छलफलका अर्को उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टी र रिपब्लिकन पार्टीबीच संस्थागत सम्बन्ध (पार्टी–टू–पार्टी रिलेसन्स) स्थापना गर्नु रहेको थियो ।

नेता कार्कीले नेपाल फर्किएपछि रास्वपाको केन्द्रीय नेतृत्वसँग यस विषयमा छलफल गर्ने र दुई पार्टीबीच दीर्घकालीन र औपचारिक सम्बन्ध गाँस्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्कीलाई केही समयअघि  रास्वपाले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य पदमा मनोनीत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...