नेभिगेशन
समाज

बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

काठमाडौँ । बागमती प्रदेश सरकारमा शुक्रबारबाट ६ जना विना विभागीय मन्त्रीका रुपमा कार्य विभाजन गरिएको छ ।

प्रदेश सरकारले गत बैशाख २२ मा खर्च कटौती गर्न भन्दै १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालयमा सीमित गर्ने निर्णय अनुरुप आजबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेश सरकार ८ मन्त्रालयमार्फत सञ्चालन हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर तत्कालिन मन्त्रालयमा रहेका ६ मन्त्रीहरु मन्त्रालय नभएपछि विना विभागीयका रुपमा कार्य विभाजन गरेको छ । प्रदेश सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न नभएकाले कर्मचारी तथा सचिव व्यवस्थापन तत्कालका लागि पुरानै संरचनाअनुसार सञ्चालन गर्नु परेको बताएको छ ।

Ncell
Extreme Energy

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ८ जना मन्त्रीलाई विभिन्न मन्त्रालय र ६ जनालाई विना विभागीय मन्त्रीका रुपमा कार्य विभाजन गरेका छन् ।

नयाँ कार्य विभाजनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ भने मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कञ्चनचन्द्र वादे स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, डा.दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहेका छन् ।

त्यस्तै, किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिनाविभागीय मन्त्री बनाइएको छ । मन्त्रालय नै खारेज भएपछि उनीहरूलाई मन्त्रालयको महाशाखाको जिम्मेवारी दिईएको छ । मन्त्री पद, सरकारी सुविधा, सुरक्षा, सवारी र झण्डा भने यथावत् कायम रहेको छ ।

महाशाखाको हैसियतमा मन्त्रीहरुः
मन्न्त्रालय विहिन बनेका ६ मन्त्रीहरुलाई कायम रहेका ८ मन्त्रालयका विषयगत (महाशाखा) जिम्मेवारी दिईएको छ ।

मन्त्रालय खारेजीमा परेर बिना विभागीय मन्त्री बनेका जयराम थापालाई श्रम, रोजगार तथा यातायात विषयगत (महाशाखा), मन्त्री सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन विषयगत (महाशाखा) हेर्ने जिम्मेवारी पाएका छन् ।

त्यस्तै, मन्त्री किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य विषयगत (महाशाखा), मन्त्री उर्मिला नेपाललाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद विषयगत (महाशाखा) को जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको वन तथा वातावरण विषयगत (महाशाखा), मन्त्री विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको सहकारी विषयगत (महाशाखा) हेर्ने जिम्मेवारी पाएका छन् ।

minister-1784292212.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...