नेभिगेशन
समाज

मधेस प्रदेश सरकारको राजस्व सङ्कलन करिब रु ३३ अर्ब

काठमाडौँ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट रु एक अर्ब ७७ करोड ९५ लाख २२ हजार र सवारीसाधन करबाट रु दुई अर्ब २७ करोड ८० लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ ।

Ncell
Extreme Energy

गत आवमा सवारीचालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट रु ७९ करोड ५६ लाख २९ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ६३ लाख ९२ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु २० करोड १५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ८६ करोड ८५ लाख छ हजार, अन्तःशुल्क करबापत रु तीन अर्ब २० करोड ४३ लाख ९१ हजार प्राप्त गरेको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ रु दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ रु एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले बताए ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत  राजस्व सङ्कलन हुन नसकेको अर्थमन्त्रालयका सूचना अधिकारी अंशकुमार झाको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।