नेभिगेशन
समाज

अपवित्र साँठगाँठ तिर नलागौंः नेता खनाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्री संयोजक समितिका सदस्य झलनाथ खनालले अपवित्र सांठगांठ तिर नलाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका छन् ।

आइतबार एक वक्तव्य जारी गर्दैं उनले नवनिर्वााचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बने पछि मुलुकका ज्वलन्त समस्याहरु समाधानको दिशातिर जान्छन कि भन्ने आम जनताको आशा विपरित मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनताका जनजिविकाहरु, जनताका हितहरु र अधिकारहरु, जनताको सुचना प्राप्त गर्ने हकहरु, छिमेकी मुलुकहरु संगका सम्बन्धहरु र राज्य कै विभिन्न अङ्गहरु बीचका सम्बन्धहरु समेत खलबलिन थालेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो देशका श्रमजीवि जनता खोलामा हामफाल्न र आत्महत्या गर्न वाध्य हुन थालेका छन् । यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्ताका बिरुद्ध यो देशका आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपंथी, समाजवादी र प्रगतिशील शक्तिहरु एकतावद्ध भएको देख्न चाहान्छन । यस्तो एकतालाई सम्पुर्ण वामपंथीहरुको एकतावद्ध पहलबाट भएको हेर्न चाहान्छन । त्यसका निम्ति वामपंथीहरुले आफु बीचका आग्रह, पुर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपंथी एकताको पहल गरेको हेर्न चाहान्छन्, नेता खनालले भने ।

Ncell
Extreme Energy

तर नेपालका वामपंथीहरु विगतमा नीतिहिन, वर्ग दृष्टिकोण हिन र नीहित गुट स्वार्थका आधारमा दक्षिणपंथी शक्तिहरुसंग एकता गर्न आनन्द महसुस गर्दै आएको बताए ।

उनले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टीले पनि ठीक यहि गल्ती गर्दै आइरहेको बताए । अहिले पनि त्यहि गल्ती गर्ने र दक्षिणपंथी शक्तिहरु सँग नै सांठगांठ गरेर कम्युनिष्ट पार्टीको प्रतिष्ठामा अझ बढि आँच पुर्याउने खतरा देखा परेको उनले बताए ।

'यो जटिल अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समिकरण बारे सोच्नु भन्दा अगाडि कम्तिमा केन्द्रीय संयोजन समितिको वैठक बोलाईयोस, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रुपले छलफल गरियोस र क्रान्तिकारी उद्धेश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस र पार्टीलाई दक्षिणपंथी वर्ग संझौतावादको दलदल तिर जानबाट संस्थागत रुपले बनाइयोस् ,' नेता खनालले भने ।

केहि नेताहरुले कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र सांठगांठ गर्ने प्रवृतिलाई रोकिनु पर्ने र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनु पर्ने उल्लेख गरेका छन् ।

‘हामी नेपालका सबै कम्युनिष्ट र वामपंथीहरुले बुझ्नुपर्छ – यो सांठगांठको वेला होईन सहि कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रुपान्तरण गर्ने बेला हो,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...