नेभिगेशन
समाज

बितेका दश वर्ष नेपाली राजनीतिका लागि कालो वर्षः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले '२०७२ सालदेखि २०८२ सालसम्मको दश वर्ष' को समयलाई नेपाली राजनीतिका लागि कालो वर्ष भएको बताएका छन् ।

आइतबार ललितपुरमा ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति’ साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्ने क्रममा पार्टी सभापति थापाले २०८२ सालसम्मको दश वर्ष नेपाली राजनीतिका लागि कालो वर्षका रुपमा चित्रण गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बितेका दश वर्ष राजनीति दलहरु सत्ता मोहबाट बाहिर निस्कन नस्कनु, सत्ता र शक्ति नै सबै कुरा हो ठान्नु, र त्यो भन्दा अरुकुरा केहि पनि छैन् भन्ने दलहरुलाई लाग्नुले राजनीतिक दलप्रति वर्तमान अवस्था सृजना भएको बताए ।

Ncell
Extreme Energy

‘हामीले नै यसलाई के बनायौँ भने करिब करिब २०७२ देखि २०८२ सालसम्मको यो दश वर्षमा नेपाली राजनीतिका लागि कालावर्षहरु हुन् । र यी दश वर्षमा हामीले गम्भीर गल्तीहरु गरेका छौं । यी दश वर्ष हामीलाई कस्तो लाग्यो । सत्ता नै सबै कुरा हो । शक्ति नै सबै कुरा हो । त्यो भन्दा अरुकुरा केहि पनि छैन् । त्यसबाट बाहिर निस्कनु पर्छ,’ सभापति थापाले भने ।

उनले कांग्रेसभित्र एकता, अनुशासन र जनविश्वासलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई नयाँ पुस्ताको अपेक्षा अनुसार रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

सभापति थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी)ले स्थापित गरेको लोकतान्त्रिक मूल्य, आदर्श र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...