नेभिगेशन
समाज

प्रदेश सरकार गठनमा कांग्रेसले सिद्धान्त बिर्संदैनः गगन थापा

काठमाडौँ । प्रदेश सरकार गठनको प्रक्रियामा नेपाली काँग्रेस पार्टीले आफ्नो सिद्धान्त नबिर्सने पार्टी सभापति गगन कुमार थापाले बताएका छन् । 

आइतबार ४४ औँ बिपी स्मृति सप्ताह तथा नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकार गठनका विषयमा नेपाली काँग्रेसले आफ्नो सिद्धान्त नबिर्सने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘धेरै साथीहरूले आफूलाई प्रदेश सरकार गठनका कुराहरूमा सोधै हुनुन्थ्यो । तपाईँहरूको के हुन्छ भनेर मलाई परिणाम के हुन्छ थाहा छैन । तर पार्टीको सिद्धान्तको कुरामा नेपाली काँग्रेसले कुनै सम्झौता गर्दैन । हिजो हामीले गल्ती गर्‍यौँ अब हामीले गर्नु हुन्न,’ सभापति थापाले भने ।

Ncell
Extreme Energy

तीन वटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु पर्छ भन्ने प्रस्तावमा आफूहरूले यसलाई गलत भएको बताउँदै आएको सभापति थापाले बताए । यसरी प्रदेश सरकार मिलेर गराउने कुरा नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुने बताएका थिए ।

‘तीन वटा पार्टी मिलेर सरकार बनाउँछु भनेको के हो ? प्रदेशको संसद्लाई प्रतिपक्ष विहीन बनाउनु हो । त्यसो गर्दै गर्दा खेरी एउटा काँग्रेसलाई सरकारमा बसिरहने कुरा त प्राप्त होला । तर सरकारमा बस्नै पर्छ र सरकार नै सबै कुरा हो भने सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई २०७२ सालदेखि कहाँ पुरायो,’ सभापति थापाले भने ।

त्यस्तै काँग्रेसभित्र एकता, अनुशासन र जनविश्वासलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई नयाँ पुस्ताको अपेक्षा अनुसार रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...