नेभिगेशन
समाज

कांग्रेस विवादः इतर पक्षले सार्वजनिक गर्यो ५ प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्ष (देउवा पक्ष) ले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाले प्रस्ताव स्वीकार गरे पार्टी एकताबद्ध हुने उनीहरुको दाबी छ ।

आज इतरपक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरुले पार्टी एकताका लागि भन्दै पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको इतर पक्षका नेताहरुको बैठकले चौधौं महाधिवेशनबाट बनेको कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा मनोनीत गर्न प्रस्ताव गरेको छ ।

Ncell
Extreme Energy

त्यस्तै, सभापति थापाकै बहुमत हुने गरी कार्यसम्पादन समिति बनाउने, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू पुनर्गठन गर्ने र पार्टीभित्र विवाद हुनुपहिले नै टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव इतर पक्षले अगाडि सारेको छ ।

बैठकमा चौधौं महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला र उनी पक्षधर नेताहरुको भने सहभागिता थिएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...