नेभिगेशन
समाज

पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा यहाँ ११ ‘ए’ साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको हो ।

12-pepsicola-ground-1784534236.jpeg
मैदानमा कार्पेट बिछ्याउने काम सकिएको र बालुवा भर्न बाँकी रहेको महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालले बताए । बालुवा भर्नेसहित मैदान स्तरोन्नतिको सबै काम सकिन अझै दुई महिना समय लाग्ने उनको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

11-pepsicola-ground-1784534234.jpeg
‘कार्पेटमाथि बालुवा राख्नुपर्छ । चिसो मौसममा बालुवा राख्दा समय लाग्छ । मंसिरसम्म सक्नुपर्ने भन्ने सम्झौता छ । अब धेरैमा दुई महिनामा सकिन्छ,’ उनले भने ।

Ncell
Extreme Energy

10-pepsicola-ground-1784534233.jpeg
उनका अनुसार मैदानमा पानी जम्न नदिन, टिकाउ बनाउन र खेल खेल्दा सहज होस् भनेर बालुवाको प्रयोग गरिन्छ । कृत्रिम घाँस प्लास्टिकका फाइबरबाट बनेको हुन्छ । त्यसैले बालुवा हालेर ती फाइबरलाई ठाडो र स्थिर राखिन्छ । यसले घाँस चाउरिन वा उखेलिन दिँदैन ।

9-pepsicola-ground-1784534231.jpeg
बालुवाले मैदानलाई नरम बनाउने भएकाले खेलाडी दौडँदा वा लड्दा चोट लाग्ने जोखिम कम हुन्छ । यसले बलको गति र उफ्राइलाई पनि प्राकृतिक घाँसजस्तै बनाउँछ । यसबाहेक वर्षाको पानी छिटो निकास हुने भएकाले मैदानमा पानी जम्दैन र खेल सञ्चालन गर्न सहज हुन्छ ।

8-pepsicola-ground-1784534230.jpeg
पानी जम्न र मैदान बिग्रन नदिन ड्रेन (नाली) र हिँड्नका लागि छेउमा फुट ट्रयाक निर्माण गरिने इन्जिनियर अर्यालले बताए । धुलाम्मे र अव्यवस्थित रहेको मैदानलाई कृत्रिम घाँस प्रयोग गरेर व्यवस्थित बनाउने उद्देश्यले महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा प्रक्रिया अघि बढाएको थियो ।

2-pepsicola-ground-1784534220.jpeg
यसअन्तर्गत पेप्सीकोलासहित काठमाडौँका ६ ठाउँमा घाँसे मैदान निर्माण थालिएको थियो । बाँसबारी, नयाँबजारको सोसल ग्राउण्ड, बल्खुको बागमती करिडोर, चाबहिलको गणेशथानमा एउटै ठेक्काअन्तर्गत घाँसे मैदान निर्माणको काम भइरहेको छ ।

1-pepsicola-ground-1784534220.jpeg
यी ६ वटै मैदान स्तरोन्नति तथा निर्माणको ठेक्का जेएसएसएसएम जेभी ज्ञानेश्वरले ६ करोड ८० लाख रुपैयाँमा लिएको थियो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

4-pepsicola-ground-1784534224.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...