नेभिगेशन
समाज

देशभर विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् ।

सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु  र १५ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो भने ११ जाना घाईते भएका छन् । उक्त घटनाबाट नौ जिल्ला प्रभावित छ । पहिरोबाट दुई घाइते र ११ जिल्ला प्रभावित छन्,’ उनले भने ।

Marvel
Extreme Energy

प्राधिकरण्का अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् । प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब रु १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

घटनामा छ वटा चौपाया पनि क्षति भएको छ । पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण तथा तीन वटा बाढीका घटना भएको प्राधिरकणको तथ्याङ्कमा उल्लेख छ ।

ती घटनाबाट ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जाना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ । शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम, भारी र अति भारी वर्षाका कारण बाढीपहिरो, डुबान जस्ता विपद्का घटना बढ्न सक्ने भन्दै प्राधिकरणले प्रतिकार्यका लागि व्यापक तयारी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा...
शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

हिउँदमा तराईमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी थालेको छ ।

भर्खरै