नेभिगेशन
सबै कुरा

पर्यटनमन्त्री किरातीको एक वर्ष : पशुपति सरसफाईदेखि बिग्रिएको ट्विनअटर जहाज मर्मतसम्म

काठमाडाैँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री बनेको १ वर्षमा आफूले १०१ काम गरेको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री बनेको एक वर्ष पुगेको अवसरमा  बुधबार आयोजित कार्यक्रममा उनले आफूले पशुपतिनाथ मन्दिर परिसरको सरसफाइदेखि ट्विनअटर जहाज मर्मतसम्म गरेकाे दाबी गरेका हुन् । 

Ncell
Extreme Energy

उनले आफूले गरेका कामको सूचिलाई महिना अनुसार वर्गिकरण गरेका छन्  । जसमा पहिलो तीन महिनामा पशुपतिनाथ मन्दिर लगायत काठमाडौँमा भएका विभिन्न विश्व सम्पदाहरुको विशेष सरसफाइ र सरसफाई निर्देशिका जारी गर्नमा विशेष जोड दिएको बताएका छन् । 

त्यस्तै आफ्नो कार्यकालको ९ महिनाभित्रमा आफूहरुले मध्यम स्तरको काममा हात हालेको र त्यसको परिणाम आउन बाँकी रहेको र ती कतिपय कामहरु अझै पाइपलाइनमा रहेको उनले बताए । 

दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अन्तिम अवस्थामा पुगेको, २०१२ सालदेखि बिग्रिएर बसेको ट्विनअटर जहाज मर्मत गरेर उडानका लागि तयारी गरेसँगै आफूहरुसँग साना क्षमताका ६ विमान भएका कारण आगामी दिनमा घाम तापेर बसेका २३ विमानस्थलमा उडान भर्ने उनले दाबी गरे  ।  

चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको र पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताए । 

त्यस्तै पर्यटनमन्त्री किरातीले आफू मन्त्री बनेसँगै अत्यन्त जरुरी कामबाहेक विदेश नजाने घोषणा गरेको र हालसम्म मन्त्री बने यता कुनै पनि देश नगएको समेत बताएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...