नेभिगेशन
सबै कुरा

पर्यटनमन्त्री किरातीको एक वर्ष : पशुपति सरसफाईदेखि बिग्रिएको ट्विनअटर जहाज मर्मतसम्म

काठमाडाैँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री बनेको १ वर्षमा आफूले १०१ काम गरेको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री बनेको एक वर्ष पुगेको अवसरमा  बुधबार आयोजित कार्यक्रममा उनले आफूले पशुपतिनाथ मन्दिर परिसरको सरसफाइदेखि ट्विनअटर जहाज मर्मतसम्म गरेकाे दाबी गरेका हुन् । 

Ncell
Extreme Energy

उनले आफूले गरेका कामको सूचिलाई महिना अनुसार वर्गिकरण गरेका छन्  । जसमा पहिलो तीन महिनामा पशुपतिनाथ मन्दिर लगायत काठमाडौँमा भएका विभिन्न विश्व सम्पदाहरुको विशेष सरसफाइ र सरसफाई निर्देशिका जारी गर्नमा विशेष जोड दिएको बताएका छन् । 

त्यस्तै आफ्नो कार्यकालको ९ महिनाभित्रमा आफूहरुले मध्यम स्तरको काममा हात हालेको र त्यसको परिणाम आउन बाँकी रहेको र ती कतिपय कामहरु अझै पाइपलाइनमा रहेको उनले बताए । 

दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अन्तिम अवस्थामा पुगेको, २०१२ सालदेखि बिग्रिएर बसेको ट्विनअटर जहाज मर्मत गरेर उडानका लागि तयारी गरेसँगै आफूहरुसँग साना क्षमताका ६ विमान भएका कारण आगामी दिनमा घाम तापेर बसेका २३ विमानस्थलमा उडान भर्ने उनले दाबी गरे  ।  

चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको र पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताए । 

त्यस्तै पर्यटनमन्त्री किरातीले आफू मन्त्री बनेसँगै अत्यन्त जरुरी कामबाहेक विदेश नजाने घोषणा गरेको र हालसम्म मन्त्री बने यता कुनै पनि देश नगएको समेत बताएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।