नेभिगेशन
सबै कुरा

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको नागरिकता किर्तेको विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको छ । वीरगंजका अनिल सिंह, अजयकुमार गुप्ता, बिजय महतो, मुकेश द्धिवेदी, पुरुषोत्तम झा, दिलिप कुमार कुर्मी, जलेश्वर सर्राफ र मनोज राउत कुर्मीले मन्त्रालयमा उजुरी दिएका हुन् । उनीहरुले बुधबार गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई भेटेर उजुरी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उजुरीमा बाबु बनेर नागरिकता दिने वीरगंज महानगरपालिका–३ स्थायी ठेगाना भएका ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता लिने २१ वर्षीय रुबिना श्रेष्ठलाई विपक्षी बनाइएको छ । उजुरीमा झुठो विवरण पेश गरी लिइएको नागरिकता बदर गरी थप कारवाही गर्न माग गरिएको छ । 

Ncell
Extreme Energy

साथै मेयर सिंहले पदको दुरुपयोग गर्दै अनुसन्धान प्रक्रियालाई दवाउन खोजेको भन्दै कारवाही प्रक्रिया अविलम्ब सुरु गर्न माग गरिएको छ । उजुरी बुझ्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गरी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको गृहमन्त्रीलाई उधृत गर्दै उजुरीकर्ता मुकेश द्धिवेदीले जानकारी दिए । 

केही दिनअघि सिधाकुराले मेयर सिंहले आफैँ बाबु बनेर एक युवतीलाई नागरिकता दिएको विषयको सप्रमाण खुलासा गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी परेको थियो । उक्त विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति नै गठन गरेर छानबिन गरिरहेको छ । 


मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट ! 

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...