नेभिगेशन
मुख्य समाचार

हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न अशान्त वातावरणलाई सामान्य बनाउन हरिनगर गाउँपालिकामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

गोलीकाण्डपछि उत्पन्न तनावका कारण भएका कुटपिट, तोडफोड, आगजनी, लुटपाट तथा धनमालको क्षति रोक्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी र दुवै समुदायका अग्रजहरू एकजुट भएका छन् । सर्वपक्षीय बैठकले पालिकाभित्र सामाजिक सद्भाव, एकता र शान्तिसुरक्षा कायम राख्न सबै पक्ष तयार रहेको निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अशान्ति र हिंसामा पूर्ण रोक लगाउन हरिनगर गाउँपालिकाका ७ वटै वडामा कुनै पनि प्रकारका अशान्ति, होहल्ला, नारा-जुलुस, कुटपिट, तोडफोड र आगजनीजस्ता हिंसात्मक गतिविधि हुन नदिने सबै पक्षले प्रतिबद्धता जनाएका छन् । साथै, समाजमा फेरि कुनै अप्रिय घटना नघटोस् भन्नका लागि अग्रज तथा प्रतिनिधिहरूले आ-आफ्नो गाउँ, टोल र वडा तहमा युवाहरूलाई संयमित रहन मार्गदर्शन गर्दै शान्ति स्थापनामा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Ncell
Extreme Energy

सबै पक्षले सार्वजनिक तथा आवतजावतको सुरक्षाका लागि आजैका मितिदेखि सडक, बाटो वा सार्वजनिक स्थलहरूमा एक-अर्काप्रति लक्षित कुनै पनि आक्रमण वा दुर्व्यवहार हुन नदिने र आपसी सद्भाव कायम राख्ने सहमतिसमेत गरेका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सबै जातजाति र समुदायलाई संयमित भई सामाजिक सद्भाव, शान्ति र एकता कायम राख्न अपिल गरेका छन् । हरिनगरमा कुनै पनि हालतमा शान्तिसुरक्षा खलबलिन नदिने दाबी गर्दै उहाँले नेपाल प्रहरी र स्थानीय प्रशासनलाई कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी दिए ।

आम जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी सुरक्षाको प्रत्याभूति दिलाइने आश्वासन दिँदै उनले समाजमा अशान्ति फैलाउने छुट कसैलाई नभएको र त्यस्ता गतिविधि गर्नेमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट पारे । साथै, उनले सम्पूर्ण हरिनगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि प्रकारका अफवाहको पछाडि नलाग्न, अशान्ति नफैलाउन र आ-आफ्नो ठाउँबाट शान्ति र सुरक्षाका लागि एक-अर्कालाई सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् ।

विगतका घटनाबाट पाठ सिक्दै गाउँपालिकाका सबै सरोकारवालाहरू एउटै मञ्चमा उभिएर शान्ति स्थापनाको साझा संकल्प लिएका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको यो तदारुकताले कप्तानगञ्ज घटनापछिको त्रास र तनाव हट्ने तथा हरिनगरमा पुनः पुरानै भाइचारा कायम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।