नेभिगेशन
समाज

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बहुमत जुटाउन जेएनलाई हम्मे

काठमाडौँ। नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दल नेता नफेर्ने भएको छ। हाल दल नेता रहेका जगन्नाथ थपलिया (जेएन) कै नाममा अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएको एक पदाधिकारीले बताए । 
दल नेता फेर्न बागमती इन्चार्जसमेत रहेका सचिव महेश बस्नेतले बहुमत सांसदहरूको हस्ताक्षर जुटाउन लागेका थिए ।

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा हस्ताक्षर गराएका थिए । दलको बैठक बोलाउन भन्दै गराइएको हस्ताक्षरमा १३ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरिसकेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर बहुमत पदाधिकारीको विरोध र विग्रहको खतरा देखेपछि शुक्रबार साँझ नै ओली फिर्ता भएका हुन् ।

Ncell
Extreme Energy

एमाले बागमती प्रदेशमा २७ सांसद रहेकामा काठमाडौं–६, र ७ बाट निर्वाचित एक(एकजना प्रदेश सांसदले राजीनामा दिएर संघमा चुनाव लडेकाले २५ सांसद कायम छन् ।

अध्यक्ष केपी शर्मा ओलीले जेएन थपलिया (जगन्नाथ) लाई बोलाएर ‘तपाईं नै दलको नेता हो’ भन्दै आश्वस्त तुल्याएको उनीनिकट एक नेताले भने ।

गत शनिबार एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार बाँडफाँटमा सहमति भएको थियो । सहमतिअनुसार सुदूरपश्चिम र कर्णाली नेकपा र लुम्बिनी, बागमती र कोशी एमालेले लिनेछन् ।

लुम्बिनी र कोशीमा चेतनारायण आचार्य र हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने बागमतीमा जेएनलाई बनाउने गरी ओलीले पहल थालेका हुन् ।

ओलीले पौडेल र पोखरेललाई बिहीबार गुण्डु बोलाएर मुख्यमन्त्रीको विषयमा छलफल गरेका थिए । ओलीले अरू नेतासँग पनि छलफल गरेका छन् । जेएन नै प्रस्तावित मुख्यमन्त्री भए पनि नेकपा र एमाले मतले बहुमत पुग्दैन ।

१२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल भइरहे पनि उसले बचन दिइसकेको छैन । १०४ सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५३  सांसद चाहिन्छ । नेकपासँग २६ र एमालेसँग २५ मत भएकाले दुई मत अपुग हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...