नेभिगेशन
समाज

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

विराटनगर । एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले ।

कोशीमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सहितको सरकार निर्माणका लागि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीकै आदेशमा सचिव शेरधन राईले मुख्यमन्त्री कार्कीविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । त्यसका लागि उनले पार्टीका केही प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसमेत संकलन गरिसकेको एमालेका नेताहरुले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर ताप्लेजुङका तीलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ‘मिसन’मा लागेका राईले हिजो कार्कीसँग छलफल गरेका थिए । अध्यक्ष ओली मुख्यमन्त्री परिवर्तन गर्ने पक्षमा रहनु भएको र त्यसैका लागि आफू विराटनगर आएको उनले कार्कीलाई सुनाएका थिए । शेरधनले ‘तपाईंले  राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस्’ भनेर कार्कीलाई अध्यक्षको सन्देश सुनाएका थिए ।

Ncell
Extreme Energy

तर, कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याए । शेरधन र हिक्मत दुवै एमाले सचिव हुन्। 

त्यसपछि राईले कार्कीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने नयाँ खेल सुरु गरेका हुन् । त्यसका लागि उनले प्रदेशसभा सदस्यहरुसँग भेटघाट तीव्र पारेका छन् ।

९२ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४० सदस्य छन् । नेकपासँग १७ सदस्य छन् ।

अध्यक्ष ओलीको निर्देशनमा राईले कार्कीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनेसम्मको अभियान चलाइरहँदा उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग भने समन्वय गरेका छैनन् । 

यसअघि हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिन ओली, पौडेल र पोखरेलबीच सहमति हुँदा राई सहभागी थिएनन् । उनले यसबीचमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग छलफल गरेर कार्कीलाई मुख्यमन्त्री बनाउन आफू पनि तयार रहेको बताएका थिए । 

सचिव राई एमाले कोशीका इन्चार्ज पनि हुन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।