नेभिगेशन
सबै कुरा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा हर्क साम्पाङले लगाएकाे ताला खोल्न अन्तरिम आदेश

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले  लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त ताला खोल्न अन्तरिम अमदेश दिएका हुन् । 

सञ्जीवकुमार साहले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश पुडासैनीको इजलासले संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको हो । 

City Express

कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले विगत लामो समयदेखि आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै मेयर साम्पाङले तालाबन्दी गरेका थिए । 

सोमबार प्रतिष्ठान पुगेका साम्पाङ्ले सुरुमा प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाएर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । बढुवा प्रक्रिया शुरू नभएको भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको संयुक्त टोली आन्दोलनरत छन्। उनीहरुले अस्पतालका आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानका ४ पदाधिकारीमध्ये ३ जना बढुवा प्रक्रियामा सकरात्मक रहेको तर कामु उपकुलपति भने सहमत नभएको भन्दै कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनरत छन् । कार्यकक्षमा तालबन्दी गरेपछि मेयर हर्क साम्पाङले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखिएको समस्या समाधान गर्न निर्देशन दिएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...