नेभिगेशन
सबै कुरा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा हर्क साम्पाङले लगाएकाे ताला खोल्न अन्तरिम आदेश

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले  लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त ताला खोल्न अन्तरिम अमदेश दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्जीवकुमार साहले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश पुडासैनीको इजलासले संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको हो । 

Ncell
Extreme Energy

कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले विगत लामो समयदेखि आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै मेयर साम्पाङले तालाबन्दी गरेका थिए । 

सोमबार प्रतिष्ठान पुगेका साम्पाङ्ले सुरुमा प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाएर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । बढुवा प्रक्रिया शुरू नभएको भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको संयुक्त टोली आन्दोलनरत छन्। उनीहरुले अस्पतालका आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानका ४ पदाधिकारीमध्ये ३ जना बढुवा प्रक्रियामा सकरात्मक रहेको तर कामु उपकुलपति भने सहमत नभएको भन्दै कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनरत छन् । कार्यकक्षमा तालबन्दी गरेपछि मेयर हर्क साम्पाङले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखिएको समस्या समाधान गर्न निर्देशन दिएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।