नेभिगेशन
जनप्रतिनिधिका कुरा

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले एम्नेस्टी इन्टरनेसनल, कमिसन अफ ज्युरिस्ट्स र ह्युमन राइट्स वाचले नेपालको न्यायपालिका तथा सार्वभौमसत्तासँग सम्बन्धित विषयमा न्यायिक अधिकारक्षेत्रसम्बन्धी अधिकारसमेतका सम्बन्धमा यही साउन ८ गते संयुक्त विज्ञप्ति प्रकाशन गरेको विषयमा स्पष्टीकरण सोध्न निर्देशन दिने निर्णय गरेको हो । सो विज्ञप्तिबारे सम्बन्धित संस्थाहरूबाट आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग्न समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई भनेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले स्वतन्त्र न्यायपालिकाको मर्म, शक्ति पृथकीकरणको सिद्धान्त तथा सुशासनको मान्यताअनुसार न्याय प्रशासनलाई अझ पारदर्शी उत्तरदायी र सेवामैत्री बनाउन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ । साथै, आगामी बैठकहरूमा पनि यस विषयमा थप छलफल गर्ने निर्णय गरिएको छ ।

Ncell
Extreme Energy

समितिले समाज कल्याण परिषद् ऐन, २०४९, समाज कल्याण नियमावली, २०४९ तथा प्रचलित कानुनबमोजिम मन्त्रालय एवं समाज कल्याण परिषद्बाट स्वीकृत हुने गैरसरकारी संस्थासँगको परियोजना सम्झौताको कार्यान्वयनलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन पनि निर्देश गरेको छ ।

गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले परियोजना सम्झौताअनुसार स्वीकृत उद्देश्य र गतिविधि कार्यान्वयन गरे–नगरेको विषयमा सूक्ष्म, प्रभावकारी र नियमित अनुगमन तथा मूल्याङ्नको व्यवस्था गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, सांसद र कानुन विज्ञसँग छलफलपछि उक्त निर्देशन दिइएको हो ।

८ साउनमा तीनवटै संस्थाले संयुक्त वक्तव्य जारी गरेर सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई राजीनामा दिन दबाब दिएको र नमाने महाभियोग लगाउने धम्की दिएको दाबी गरेका थिए । यसैगरी अध्यादेशको संसदमा परीक्षण नभई प्रधानन्यायाधीश नियुक्त गरेकामा पनि प्रश्न उठाइएको थियो । यसलाई रास्वपा सांसद यज्ञमणि न्यौपानेले यस्तो विज्ञप्तिले नेपालको सार्वमौमिकता र न्यायालयको स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै समितिमा निवेदन दिएका थिए । 

सोही निवेदनका आधारमा कानुन समितिले छलफल गर्दै सम्बन्धित संस्थासँग सरकारमार्फत स्पष्टीकरण मागेको हो । समितिले तीनवटै संस्थाका प्रतिनिधिलाई बैठकमा बोलाए पनि उपस्थित भएनन् । बैठकमा सांसदहरूले न्यायाधीशमाथि दबाब र महाभियोग लगाउने आधार के हो भनेर खोजेका थिए । अदालतलाई कमजोर बनाउने गरी अन्तर्राष्ट्रिय संस्थाले तथ्यहीन वक्तव्य निकालेर गलत सूचना फैलाएको उनीहरूको भनाइ थियो ।

कानुनमन्त्री सोविता गौतमले तीनवटा संस्थाको टिप्पणी कपोलकल्पित रहेको र यो नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको बताइन् । ‘देशको संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार नेपाली जनतासँग छ, संसद्सँग छ । तर, बाह्य संस्थालाई छैन,’ उनले भनिन्, ‘आएको धारणामा राजनीतिक गन्ध छ । हामी तथ्यमा आधारित आलोचना मात्र स्वीकार गर्छौँ ।’ मन्त्री गौतमले विज्ञप्तिका विषयमा ती संस्थाले प्रमाण दिनुपर्ने बताइन् । ‘राजनीतिक दबाब छ भने त तथ्य दिनुपर्ला नि ! न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिएको पुष्टि गर्नुपर्ला,’ गौतमले भनिन्, ‘अध्यादेश संवैधानिक अभ्यास हो । यस्ता संस्थाले संसद्लाई अविश्वास गर्ने र क्षेत्राधिकारमाथि आक्रमण गरेर धारणा दिन मिल्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

जामुनबोटको डाँडामा मूर्तिवत उभिएका सहित र राष्ट्रिय विभूतिका सालिकहरू अहिले आगन्तुकभन्दा बढी शान्तिलाई साक्षी बसेजस्ता देखिन्छन् ।
वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ ।
सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

गतिशील लोकतान्त्रिक पार्टीका दुई समूह आपसी सहमतिमै अलग हुने निर्णयमा पुगेका छन्। पार्टीका अध्यक्ष परिषद् सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारले बुधबार सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीलाई...

भर्खरै