नेभिगेशन
समाज

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले गैरकानुनी रुपमा ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयलमा छापा मारि गरिएको थियो ।

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब ३ घण्टासम्म सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेकाहरुले यसअघि पनि कति पटक इन्धन चोरी गरेका थिए भन्ने विषयमा अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै