नेभिगेशन
मुख्य समाचार

रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्ने भएको छ ।

संसद्मा अपेक्षित उपस्थिति नदेखिएको, बैठक सुरु हुँदा उपस्थित भए पनि बीचमै संसद् छाडेर जाने क्रम बढेको भन्दै रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्न लागेको हो । यसले संसद्को गरिमा र प्रभावकारितामाथि प्रश्न उठ्ने अवस्था देखिएको भन्दै पार्टीले यस्तो निर्णय गरेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट हाजिरी विवरण झिकाएर विश्लेषण गर्न सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएका छन् ।

Ncell
Extreme Energy

उनीहरूलाई सात दिनभित्र हाजिरी विश्लेषणसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

रास्वपाले विशेषगरी पछिल्ला पाँचवटा प्रतिनिधिसभा बैठकको हाजिरी विश्लेषण गर्ने भएको छ । ती बैठकहरूमा २०८३ असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गते बसेका प्रतिनिधिसभा बैठक समावेश छन् ।

मुख्य सचेतक बुर्लाकोटीले संसद्मा सांसदहरूको उपस्थिति र बैठकमा उनीहरूको सहभागिताको अवस्थाबारे तथ्यमा आधारित समीक्षा गर्न हाजिरी विवरण विश्लेषण गर्न लागिएको बताएका छन् ।

पार्टीले सांसदहरू बैठकको सुरुदेखि अन्त्यसम्म उपस्थित रहने, छलफलमा सक्रिय सहभागी हुने र संसद्को गरिमा कायम राख्ने विषयलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।