नेभिगेशन
मुख्य समाचार

रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्ने भएको छ ।

संसद्मा अपेक्षित उपस्थिति नदेखिएको, बैठक सुरु हुँदा उपस्थित भए पनि बीचमै संसद् छाडेर जाने क्रम बढेको भन्दै रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्न लागेको हो । यसले संसद्को गरिमा र प्रभावकारितामाथि प्रश्न उठ्ने अवस्था देखिएको भन्दै पार्टीले यस्तो निर्णय गरेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट हाजिरी विवरण झिकाएर विश्लेषण गर्न सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएका छन् ।

Ncell
Extreme Energy

उनीहरूलाई सात दिनभित्र हाजिरी विश्लेषणसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

रास्वपाले विशेषगरी पछिल्ला पाँचवटा प्रतिनिधिसभा बैठकको हाजिरी विश्लेषण गर्ने भएको छ । ती बैठकहरूमा २०८३ असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गते बसेका प्रतिनिधिसभा बैठक समावेश छन् ।

मुख्य सचेतक बुर्लाकोटीले संसद्मा सांसदहरूको उपस्थिति र बैठकमा उनीहरूको सहभागिताको अवस्थाबारे तथ्यमा आधारित समीक्षा गर्न हाजिरी विवरण विश्लेषण गर्न लागिएको बताएका छन् ।

पार्टीले सांसदहरू बैठकको सुरुदेखि अन्त्यसम्म उपस्थित रहने, छलफलमा सक्रिय सहभागी हुने र संसद्को गरिमा कायम राख्ने विषयलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।