नेभिगेशन
सबै कुरा

पहिचान पक्षधरसंग वार्ता गर्न कोशी सरकारले बनायाे वार्ता समिति

कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरु संग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । 

शनिवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले  भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । 

City Express

वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेललाई सदस्य सचिव तोकेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जानकारी दिनुभयो । 

यसअघि तत्कालिन हिक्मत कार्की नेतृत्व र उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले पनि पहिचानवादीहरु संग वार्ता गर्न मन्त्रीको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । 

कोशी प्रदेशको नामाकरण बारे पहिचान पक्षधरहरुले  विवाद गरेपछि प्रदेश सरकारले वार्ता समिति गठन गर्दै आएको छ ।  

यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो सशोधन स्वीकृत गरेको छ । त्यस्तै केही प्रदेश ऐनलाई संसोधन गर्ने अध्यादेश २०८० सिफारिश गर्ने तथा १० वर्ष मुनिका बालबालिकाहरुको निशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिका संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । साथै  रास्वपाले जेनजीको आन्दोलनमा सहभागी हुने रास्वपाका जेनजी पुस्ता र समर्थकलाई रास्वपाको लोगो...