नेभिगेशन
मुख्य समाचार

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई जीवन्त बनाएका छन् । प्राकृतिक सौन्दर्यसँगै धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रका चिनारीको रूपमा पनि यो पोखरी रहेको छ ।

करिब तीन सय वर्ष पुरानो मानिने यो पोखरी विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्वकै संकटमा परेको थियो । स्थानीय समुदाय र सरकारको पहलमा संरक्षण तथा पुनःस्थापना गरिएपछि यस वर्ष पोखरीमा रैथाने कमल मुस्कुराउन पाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कमल नेपाली समाजमा केवल फूल होइन, पवित्रता, शान्ति र आध्यात्मिक चेतनाको प्रतीक मानिन्छ । हिलोमा उम्रिएर पनि निर्मल र सुन्दर रूपमा फुल्ने भएकाले धार्मिक साहित्य र दर्शनमा कमललाई सांसारिक अशुद्धताबीचको शुद्धता र आत्मिक जागरणसँग जोडेर व्याख्या गरिन्छ । यही कारण हिन्दु तथा बौद्ध परम्परामा कमलको विशेष धार्मिक महत्त्व छ।

Ncell
Extreme Energy

बोडेको कमलपोखरीसँग भने कमलको धार्मिक आस्थासँगै स्थानीय संस्कृति र जात्राको गहिरो सम्बन्ध छ । यहाँ फुलेको कमल बोडे लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने परम्परा छ । कमलको पातमा तलेजुका पुजारीले भोज खाने चलनसमेत रहेको स्थानीयहरू बताउँछन् ।

त्यस्तै, साउनमा सञ्चालन हुने प्रसिद्ध नीलबाराही नाचमा पनि यही पोखरीको कमल चढाएर जात्रा सञ्चालन गर्ने परम्परा छ । यसले पोखरीलाई केवल पानीको स्रोत नभई बोडेको धार्मिक जीवन, जात्रा र सांस्कृतिक निरन्तरतासँग जोडिएको जीवित सम्पदाका रूपमा स्थापित गरेको छ ।

करिब चार दशकअघि पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको थियो । चार वर्षअघि अदालतले उक्त जग्गा सार्वजनिक सम्पत्ति भएको फैसला गरेपछि पोखरी पुनः सरकारी स्वामित्वमा आएको हो ।

अहिले संरक्षणपछि कमलले ढाकिएको पलेस्वाँ पुखूले प्रकृति, धर्म, संस्कृति र स्थानीय इतिहासबीचको सम्बन्ध फेरि उजागर गरेको छ । पोखरीमा फुलेका कमलले हराउँदै गएको एउटा प्राकृतिक सम्पदालाई मात्रै फर्काएका छैनन्, बोडेको सांस्कृतिक स्मृति र धार्मिक परम्परालाई समेत नयाँ पुस्तासम्म जोड्ने काम गरेका छन् ।

Kamal-Flower-Thimi-(11)-1786277474.jpeg

Kamal-Flower-Thimi-(13)-1786277474.jpeg

Kamal-Flower-Thimi-(9)-1786277475.jpeg

Kamal-Flower-Thimi-(10)-1786277475.jpeg

Kamal-Flower-Thimi-(8)-1786277475.jpeg

Kamal-Flower-Thimi-(12)-1786277475.jpeg

Kamal-Flower-Thimi-(7)-1786277476.jpeg

Kamal-Flower-Thimi-(2)-1786277476.jpeg

Kamal-Flower-Thimi-(6)-1786277476.jpeg

Kamal-Flower-Thimi-(4)-1786277477.jpeg

Kamal-Flower-Thimi-(5)-1786277477.jpeg

Kamal-Flower-Thimi-(3)-1786277477.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।