नेभिगेशन
मुख्य समाचार

हेटौँडा कपडा उद्योग चलाउने प्रयास ‘राजनीतिक स्टन्ट’ मात्रै नबनोस् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्रयासप्रति प्रश्न उठाउँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्ने स्पष्ट योजना आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले नयाँ सरकार बनेपिच्छे बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने प्रयास हुने र केही समय चलेपछि पुनः बन्द हुने पुरानै प्रवृत्ति दोहोरिँदै आएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राजनीतिक प्रचारका लागि उद्योग सञ्चालनको ‘नाटक’ दोहोर्‍याउनुभन्दा आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनसहित उद्योगलाई कसरी दिगो रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने ठोस योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

Ncell
Extreme Energy

‘स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ,’ पोखरेलले भनेका छन् ।

उनले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषयलाई तत्कालको राजनीतिक प्रचारभन्दा पनि दीर्घकालीन औद्योगिक योजनासँग जोडेर अघि बढाउनुपर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता जोगाउन स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक रूपमा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले शेरबहादुर देउवासँग नेपाली कांग्रेस नेताका रूपमा राजनीतिक वैधता र सान्दर्भिकता नरहे पनि उनलाई सभापतिबाट हटाउने प्रक्रिया भने विधान र कानुनसम्मत नभएको बताएका छन्...
बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा बिजुली सर्ट भएर घरमा आगलागी हुँदा १८ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।