नेभिगेशन
मुख्य समाचार

टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

नवलपुर  । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।

कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको ईभी हाइस अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका हुन् ।

Ncell
Extreme Energy

घाइते हुनेमा कावासोती–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर, उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेत वीरेन्द्रनगर–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी पश्चिम सरावल गाउँपालिका–३ का ५५ वर्षीय विधासागर लोना चमार छन् ।

घाइतेमध्ये चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता जोगाउन स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक रूपमा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले शेरबहादुर देउवासँग नेपाली कांग्रेस नेताका रूपमा राजनीतिक वैधता र सान्दर्भिकता नरहे पनि उनलाई सभापतिबाट हटाउने प्रक्रिया भने विधान र कानुनसम्मत नभएको बताएका छन्...
बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा बिजुली सर्ट भएर घरमा आगलागी हुँदा १८ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
हेटौँडा कपडा उद्योग चलाउने प्रयास ‘राजनीतिक स्टन्ट’ मात्रै नबनोस् : शंकर पोखरेल

हेटौँडा कपडा उद्योग चलाउने प्रयास ‘राजनीतिक स्टन्ट’ मात्रै नबनोस् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्रयासप्रति प्रश्न उठाउँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्ने स्पष्ट योजना आवश्यक रहेको बताएका छन् ।