नेभिगेशन
मुख्य समाचार

देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले शेरबहादुर देउवासँग नेपाली कांग्रेस नेताका रूपमा राजनीतिक वैधता र सान्दर्भिकता नरहे पनि उनलाई सभापतिबाट हटाउने प्रक्रिया भने विधान र कानुनसम्मत नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रिजालले चुनावका बेला देश छाडेर देउवा स्वयं राजनीतिक प्रक्रियाबाट अलग भएको टिप्पणी गरेका छन् । तर उनलाई सभापतिबाट अपदस्थ गर्ने प्रक्रिया भने कानुनी र वैधानिक नभएको उनको दाबी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भृकुटीमण्डपमा सहभागी भएका व्यक्तिहरू महाधिवेशन प्रतिनिधि हुन् कि होइनन् भन्ने विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले तथ्यमा प्रवेश नगरेको उनले उल्लेख गरेका छन् । सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि मात्रै कानुन हेर्ने फुर्सद अदालतलाई भएजस्तो देखिएको रिजालको टिप्पणी छ ।

Ncell
Extreme Energy

उनले कांग्रेसभित्रको विवादले पार्टीलाई आपसमा मिल्न दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

रिजालले २०५४ सालमा तत्कालीन सभामुख रामचन्द्र पौडेल हेलिकोप्टरमार्फत कञ्चनपुरबाट काठमाडौं आएर तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको व्यवस्थापनमा नेकपा एमाले विभाजन गराउँदाका दुष्परिणाम अझै नेपाली राजनीतिमा रहेको प्रसंगसमेत उल्लेख गरेका छन् ।

‘त्यसैले शुभेच्छा छ– हजार कमजोरीका बाबजुद नेपालको पुरानो पार्टी नेपाली कांग्रेस नफुटोस् !’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ ।
मल अभाव भएको भन्दै प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

मल अभाव भएको भन्दै प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट  पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता जोगाउन स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक रूपमा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा बिजुली सर्ट भएर घरमा आगलागी हुँदा १८ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।