नेभिगेशन
मुख्य समाचार

मल अभाव भएको भन्दै प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिस्ट  पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डले समयमा पर्याप्त मल उपलब्ध गराउने सरकारको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको र उपलब्ध मलसमेत कालोबजारी तथा बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा मल आयातको प्रक्रिया जटिल भएकाले समयमै पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले यही विषयको गम्भीरता बुझेर समयमै मल आपूर्ति तथा वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको दाबी गरेका छन् ।

Ncell
Extreme Energy

उनले सरकारलाई रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र पूरा गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन् । साथै आगामी वर्षका लागि समेत समयमै तयारी गर्न र मलको कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न उनले माग गरेका छन् ।

किसानलाई मल सहज, पारदर्शी र समन्यायिक रूपमा वितरण गर्ने व्यवस्था मिलाउन समेत प्रचण्डले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको ४५ मिनेट भेट, के भयो कुराकानी?

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको ४५ मिनेट भेट, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार ४५ मिनेट भेटवार्ता गरेका छन् ।
गुह्येश्वरीमा हुन्छ दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा हुन्छ दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गर्दै आएको छ ।
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ ।