नेभिगेशन
बजार

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार छलफल गर्दैछन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे छलफल सुरु हुने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ स्वदेशी तथा विदेशी प्रतिनिधिलाई बोलाइएको छ । अर्थमन्त्री वाग्लेले बजेटमार्फत दिइएका सुविधा, लगानीका क्रममा भोगिरहेका समस्या, लगानी विस्तार, रोजगारी सिर्जना तथा मुनाफा र प्रतिफल स्वदेशबाट लैजाने क्रममा देखिएका विषयबारे कम्पनीका प्रतिनिधिको धारणा सुन्नेछन् ।

Ncell
Extreme Energy

कम्पनीका प्रतिनिधिलाई लगानीको वातावरण सुधारका लागि सरकारले गर्नुपर्ने सहजीकरणबारे खुलस्त सुझाव दिन आग्रह गरिनेछ । उनीहरूलाई आफ्ना समस्या र सुझाव लिखित रूपमा समेत पेस गर्न भनिनेछ ।

बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाअन्तर्गत अर्थमन्त्री वाग्लेले यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

यस्तै, उनले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।

सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन निजी क्षेत्र, बैंकिङ क्षेत्र तथा ठूला लगानीकर्तासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र सुझाव समेट्ने प्रयास गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।