नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि संसदीय पोसाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीलाई समेत टि–सर्ट लगाएर संसद् बैठकमा सहभागी हुन रोक लगाउन सभामुखसमक्ष रुलिङको माग गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलले संसद्मा सांस्कृतिक, राष्ट्रिय वा औपचारिक पोसाक अनिवार्य गर्नुपर्ने बताए । संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि–सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा लगाउन रोक लगाउनुपर्ने उनको माग छ ।

Marvel
Extreme Energy

उनले संसदीय पोसाकसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै सन् २०२१ मा न्युजिल्यान्डको संसद्मा पोसाकसम्बन्धी विवाद र सन् २०२३ मा क्यानडाको संसद्मा पोसाकसंहिता लागू गरिएको प्रसंगसमेत स्मरण गरे ।

‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस्,’ उनले भने ।

संसद्को लोगोसमेत निर्धारित औपचारिक पोसाकमै प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने भन्दै पोखरेलले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रुलिङ हुनुपर्ने माग गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।