नेभिगेशन
मुख्य समाचार

आगामी आर्थिक वर्षदेखि परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण सुरु हुन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षदेखि परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण सुरु गरिने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार भवनको आर्किटेक्चरल ड्रइङ, डिजाइन तथा इन्जिनियरिङका लागि परामर्शदाता छनोट भइसकेको छ भने प्रारम्भिक डिजाइनसमेत तयार भएको छ । चालू आर्थिक वर्षमा भवन निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षमा बोलपत्र आह्वान गरी निर्माण सुरु गरिने उनले बताए ।

Ncell
Extreme Energy

मन्त्री खनालले परराष्ट्र मन्त्रालयमा ऐतिहासिक तथा कूटनीतिक महत्त्त्वका दस्तावेजको संरक्षणका लागि छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरिएको जानकारी पनि दिए । पुराना दस्तावेजको खोज, प्रमाणीकरण, डिजिटलीकरण र सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।

उनका अनुसार नेपाल विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग ६५५ वटा सन्धि–सम्झौतामा पक्ष राष्ट्र रहेको छ । तीमध्ये ४१२ द्विपक्षीय तथा क्षेत्रीय र २४३ बहुपक्षीय सन्धि–सम्झौता छन् । हालसम्म ५५ वटा सन्धि–सम्झौता सम्पन्न वा परिमार्जन भइसकेको र बाँकी ६०० वटालाई आवश्यकता र औचित्यका आधारमा क्रमशः पुनरावलोकन, परिमार्जन तथा नवीकरण गरिने उनले बताए ।

मन्त्री खनालले सन्धि–सम्झौताको पुनरावलोकन गर्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखिने र सम्बन्धित मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट सहमति जुटाउँदै प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।
मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकले आफ्नै मातृभाषामा सूचना र सञ्चारको पहुँच पाए मात्रै लोकतन्त्र थप समावेशी र सुदृढ हुने बताएकी छन् ।

भर्खरै