नेभिगेशन
मुख्य समाचार

नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको ठूलो युवा जनसङ्ख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन् ।

प्रतिनिधि सभामा ‘बाल श्रम (निषेध तथा नियमन गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्दै मन्त्री यादवले युवाको ऊर्जा, सीप र क्षमतालाई सही दिशामा परिचालन गर्न सके आर्थिक रूपान्तरणको मुख्य शक्ति युवा पुस्ता बन्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले युवासम्बन्धी कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोड्न मन्त्रालयलाई समन्वय र नेतृत्वको जिम्मेवारी दिएको उनले जानकारी दिए । आगामी दशकमा युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन ‘युवा नीति २०८२’ कार्यान्वयनमा ल्याइएको र राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को समेत समसामयिक पुनरावलोकन भइरहेको उनले बताए ।

Marvel
Extreme Energy

मन्त्री यादवका अनुसार सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ लाई प्राथमिकतामा राख्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र ‘करियर उडान’ सञ्चालन गर्नुका साथै एआई बिजनेस डेभलपमेन्ट, विद्युतीय सवारी मर्मत, निर्माण तथा केयर इकोनोमीलगायत क्षेत्रमा विशेष सीप विकास तालिम सञ्चालन गरिनेछ ।

युवालाई उद्यमशीलतासँग जोड्न स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘रोजगार सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा रूपान्तरण गरिएको पनि उनले जानकारी दिए । साथै सहिद परिवार, जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, सुकुम्बासी तथा सीमान्तकृत समुदायलाई कार्यस्थलमा आधारित सीप विकास तालिम दिइने उनले बताए ।

'नेपालको ठूलो युवा जनसङ्ख्या चुनौती मात्र होइन, ऐतिहासिक अवसर हो । युवाको ऊर्जा र सीपलाई सही दिशामा परिचालन गर्न सके देशको आर्थिक रूपान्तरणको मुख्य शक्ति युवा पुस्ता नै बन्नेछ,' मन्त्री यादवले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।