नेभिगेशन
मुख्य समाचार

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकले आफ्नै मातृभाषामा सूचना र सञ्चारको पहुँच पाए मात्रै लोकतन्त्र थप समावेशी र सुदृढ हुने बताएकी छन् ।

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन गर्दै मन्त्री गौतमले नेपालका परम्परा, संस्कृति र पुस्तौँदेखि बोलिँदै आएका मातृभाषा देशको पहिचानका आधार भएको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले भाषिक विविधताको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको उनको भनाइ थियो । नागरिकलाई आफ्नै भाषामा राज्यका गतिविधि, नीति र निर्णयबारे जानकारी गराउन मातृभाषा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

Ncell
Extreme Energy

‘कुनै पनि समाजमा लोकतन्त्र त्यतिबेला मात्र बलियो हुन्छ, जतिबेला नागरिकले आफ्नै मातृभाषामा आफूलाई सुसूचित हुने अवसर पाउँछन्,’ उनले भनिन्, ‘नागरिक र राज्यबीचको सूचना तथा बुझाइको दूरी कम गर्ने महत्वपूर्ण जिम्मेवारी पत्रकारको पनि हो ।’

मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गर्नु भाषाको संरक्षण मात्र नभई त्यसको पुस्तान्तरण र दैनिक प्रयोगलाई निरन्तरता दिनु पनि भएको बताइन् । भाषालाई संग्रहालयमा सुरक्षित गरेर मात्र नपुग्ने भन्दै उनले सञ्चार, सार्वजनिक संवाद र दैनिक जीवनमा यसको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् ।

मिथिला क्षेत्रमा बस्ने वा हिमाली क्षेत्रमा भेडा चराउने नागरिकले समेत राज्यले के गरिरहेको छ भन्ने कुरा आफ्नै भाषामा थाहा पाउने अधिकार राख्ने उनको भनाइ थियो ।

मातृभाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री गौतमले राज्यका तर्फबाट गर्नुपर्ने काम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

सम्मेलनमा विभिन्न देशका पत्रकार सहभागी भएकामा खुसी व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदानले नेपालमा मातृभाषा पत्रकारितालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।
नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको ठूलो युवा जनसङ्ख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन् ।

भर्खरै