नेभिगेशन
मुख्य समाचार

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा दीर्घकालीन पूर्वाधार निर्माणको काम अघि बढिरहँदा तत्काल सेवा उपलब्ध गराउन लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार लहान अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, पर्याप्त बिरामी चाप र ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले तत्काल युनिट सञ्चालन गर्न लागिएको हो ।

Ncell
Extreme Energy

‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ मन्त्री मेहताले भनिन्, ‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो ।’

दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उनले बताइन् ।

देशका विभिन्न स्थानमा आवश्यकताअनुसार ट्रमा सेन्टर तथा युनिट विस्तार गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै मन्त्री मेहताले दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाउने र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्ने सरकारको उद्देश्य रहेको बताइन् ।

ढल्केबरको निर्माणलाई अघि बढाउन तथा लहानमा तत्काल सेवा सञ्चालनका लागि जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि उनले आग्रह गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।
मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकले आफ्नै मातृभाषामा सूचना र सञ्चारको पहुँच पाए मात्रै लोकतन्त्र थप समावेशी र सुदृढ हुने बताएकी छन् ।
नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको ठूलो युवा जनसङ्ख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन् ।

भर्खरै