नेभिगेशन
मुख्य समाचार

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन् ।

नेपालमा लगानी गरेका ठूला उद्योगी तथा व्यवसायी संस्थाका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए । उनले अब सरकारको प्राथमिकता कर संकलन बढाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु रहेको स्पष्ट पारे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ । पुनःलगानीले उत्पादन बढाउँछ, उत्पादनले रोजगारी सिर्जना गर्छ र रोजगारीले आम्दानी तथा बजार विस्तार गर्छ,’ उनले भने, ‘अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ ।’

Marvel
Extreme Energy

नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको उनले बताए । लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित, नियम स्थिर र कर प्रणाली पूर्वानुमेय रहेको विश्वास गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई नेपालमा थप लगानी गर्न, भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्न तथा रोजगारी सिर्जना गर्न आग्रह गरे । त्यसका लागि सरकार साथमा उभिने उनले प्रतिबद्धता जनाए ।

उनले व्यवसाय विस्तारका क्रममा देखिएका कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात तथा सरकारी प्रक्रियासम्बन्धी अवरोधबारे व्यवसायीबाट स्पष्ट धारणा मागे । आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने महत्वपूर्ण पाँच निर्णय पहिचान गरी समाधानको कार्यसूची बनाउन आफूले चाहेको उनले बताए ।

बैठकमा उठेका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले ‘रिस्पोन्स डेस्क’मार्फत निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए ।

‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ,’ वाग्लेले भने ।

उनले आगामी दशकलाई नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउने गरी सरकार र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।