नेभिगेशन
सबै कुरा

रुसी सेनामा रहेका नेपाली फर्काउनेबारे प्रधानमन्त्री भन्छन्, 'सरकारले भन्ने बित्तिकै रुसले मान्दैन' (भिडियाे)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रुसी उपविदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरेको समेत बताए । साथै पटकपटक नोट पठाएर रुसी सेनामा भर्ती भएका नेपालीको बारेमा  बुझ्ने प्रयास भैरहेको दाबी गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

'रुस र युक्रेन युद्धमा छन्, हाम्रो आग्रहलाई कत्तिको प्रेसरमा लिन्छन्' भन्ने कुरा महत्वपुर्ण भएको बताउँदै प्रचण्डले सरकारको पहलले मात्रै नहुने बताए । सरकारले मात्रै गरेर नहुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि हामी सबैले आफ्नो तर्फबाट गर्नुपर्छ । सरकारले मात्रै गर्ने भए सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन । हामी सबैको साझा र लगातारको प्रयासले परिणाम निकाल्नुपर्छ ।’

त्यस्तै नेपालीहरूले पनि सरकारले मान्यता नदिएकाे र  संविधानविपिरत गर्न नहुने उनले बताए । उनले भने, ‘जहाँ पायो त्यही जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने । अझ बाटो छलेर जाने यो तरिका भएन ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...