नेभिगेशन
सबै कुरा

‘नाम’मा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । असंलग्न आन्दोलन (नाम)कोे १९औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री  दाहाल यही माघ ४ गते नामको शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा गएका थिए । 

Ncell
Extreme Energy

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा सम्पन्न भएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी थिए ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गरेका थिए । 

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्रप्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।