नेभिगेशन
समाज

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी सबै तीर्थ तथा पदयात्री रहेको सरकारी निकायले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

प्राप्त विवरणअनुसार सम्राट टुर्स एण्ड ट्राभल्सबाट मानसरोवर हिँडेका ७१ जना बाढीमा सम्पर्कविहीन छन् । त्यसमध्ये ५६ जना विदेशी छन् । १२ जना नेपाली छन् ।

काठमाडौं होलिडे टुर्स एण्ड ट्राभल्सबाट गएका १७ जना पनि बाढीमा बेपत्ता छन् । जसमा १५ जना नेपाली र २ जना विदेशी नागरिक छन् ।

लिभ होलिडेबाट ५५, कैलाश जर्नीबाट ३१,  एक्सप्लोस रियाक्सनबाट ७, ट्रेकर्स सोसाइटीबाट ९२ जना, रिच टुर्स एण्ड ट्राभल्सबाट १२,  फिस्टेल टुर्स एण्ड ट्राभल्सबाट २७,  हिमालय ग्ल्यासियरबाट ६२, अल्पाइन इको ट्रेकबााट गएका २० जना सम्पर्कविहीन छन् ।

बाढीमा परेर सरकारी कर्मचारी, सशस्त्र प्रहरी र स्थानीयहरू पनि सम्पर्कविहीन छन् ।

सुरक्षा निकायले विवरण संकलन गरिरहेको जानकारी दिएको छ ।

बुधबार हिमपहिरो खसेर थुनिएको ल्हेन्दे खोलो एक्कासी फुटेर बाढी आएको प्रारम्भिक निष्कर्षमा सरकारी निकाय पुगेको छ ।

नदीको सतह केही घटे पनि हिमपहिरो खसेको ठाउँमा अझै केही परिमाणमा हिउँ रहेकाले जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

अक्षर काका सिधाकुराका सम्पादक हुन् । उनी राजनीति, समाज, जलवायु, विपद् लगायत मुद्दामा कलम चलाउँछन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेनाका ६ हेलिकप्टरबाट  २९ जनाको गरियो उद्धार

सेनाका ६ हेलिकप्टरबाट २९ जनाको गरियो उद्धार

रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर परिचालन गरिएको छ।
तत्काल उद्धार र राहत पहिलो दायित्व : सांसद सरस्वती लामा

तत्काल उद्धार र राहत पहिलो दायित्व : सांसद सरस्वती लामा

राप्रपा सांसद सरस्वती लामाले रसुवा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु पहिलो दायित्व भएकी बताएकी छिन् ।
रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

सरकारले रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।