नेभिगेशन
समाज

तिहारमा चोरीदेखि जुवाताससम्म नियन्त्रण गर्न प्रहरीको यस्तो सुरक्षा योजना

काठमाडौँ । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वमा हुन सक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।

Marvel
Extreme Energy

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारमा दियो, बत्ती तथा पटाकाबाट हुन सक्ने आगलागी र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको बताए ।

उनका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । पटाकालगायत प्रज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष चेकजाँच टोली परिचालन गरिएको छ ।

प्रहरीले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरेर होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

चाडपर्वका अवसरमा आयोजना हुने र्‍याली, जुलुस तथा शोभायात्राका क्रममा विभिन्न समुदायबीच हुन सक्ने विवाद र झडप न्यूनीकरण गर्न पनि सुरक्षा व्यवस्था मजबुत पारिएको प्रवक्ता काफ्लेले बताए । राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिमाथि निगरानी बढाइएको उनको भनाइ छ । यस्ता गतिविधिले वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई असर पार्न सक्ने भएकाले विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

चाडपर्वका नाममा अत्यधिक मादक पदार्थ सेवन गर्ने र जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट तथा व्यक्तिगत झगडाका घटना निम्त्याउन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजासामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताए ।

तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ । पटका तथा आतिशबाजीको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न प्रहरीले आग्रह गरेको छ । दुर्घटनामा घाइते भएकाको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग गर्न पनि अनुरोध गरिएको छ । अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी गराउन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो ।
यी स्थानमा आज हल्का वर्षाको सम्भावना

यी स्थानमा आज हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
फूलैफूलको मौसम तिमीलाई....

फूलैफूलको मौसम तिमीलाई....

तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।