नेभिगेशन
समाज

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुवेती दिनार ८४ पैसा सस्तियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबारको तुलनामा अमेरिकी डलर एकको खरिददर २६ पैसा र बिक्रीदर २६ पैसा घटेको छ । बिहीबार १५१ रुपैयाँ १३ पैसा रहेको अमेरिकी डलरको खरिददर शुक्रबार १५० रुपैयाँ ८७ पैसा कायम भएको छ । त्यस्तै, बिक्रीदर १५१ रुपैयाँ ७३ पैसाबाट घटेर १५१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर ७० पैसा र बिक्रीदर ७१ पैसा घटेको छ । युके पाउन्ड स्ट्रलिङको खरिददर ७९ पैसा र बिक्रीदर ७९ पैसा घटेको छ । स्वीस फ्र्याङ्कको खरिददर ५५ पैसा र बिक्रीदर ५६ पैसा घटेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलरको खरिद तथा बिक्रीदर २४ पैसा, क्यानेडियन डलरको २५ पैसा र सिङ्गापुर डलरको आठ पैसा घटेको छ । जापानी येन १० को खरिद तथा बिक्रीदर एक–एक पैसा घटेको छ भने चिनियाँ युआनको दुवै दर दुई पैसा घटेको छ ।

साउदी अरेबियन रियाल र कतारी रियालको खरिद तथा बिक्रीदर सात–सात पैसा घटेको छ । संयुक्त अरब इमिरेट्स (युएई) दिरामको खरिददर आठ पैसा र बिक्रीदर सात पैसा घटेको छ । दक्षिण कोरियन वन १०० को खरिददर तीन पैसा र बिक्रीदर चार पैसा घटेको छ ।

युरोपेली मुद्रातर्फ स्वीडिस क्रोनरको खरिद तथा बिक्रीदर सात–सात पैसा र डेनिस क्रोनरको १०–१० पैसा घटेको छ । हङकङ डलरको दुवै दर तीन पैसा घटेको छ ।

मध्यपूर्वका मुद्रामध्ये कुवेती दिनार एकको खरिददर ८४ पैसा र बिक्रीदर ८४ पैसा घटेको छ । बहराइन दिनारको दुवै दर ७२ पैसा र ओमनी रियालको दुवै दर ६८ पैसा घटेको छ ।

यसबीच थाई भाट एकको खरिद तथा बिक्रीदर दुई–दुई पैसा बढेको छ भने मलेसियन रिङ्गेटको दुवै दर १०–१० पैसा बढेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ । यसमा बिहीबारको तुलनामा कुनै परिवर्तन भएको छैन ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको १६९ रुपैयाँ ४६ पैसा खरिद र १७० रुपैयाँ १३ पैसा बिक्रीदर कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन् । अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो ।
यी स्थानमा हल्का वर्षाको सम्भावना

यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
फूलैफूलको मौसम तिमीलाई....

फूलैफूलको मौसम तिमीलाई....

तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।