नेभिगेशन
समाज

तिहार सुरु, मिथिलामा आज धनतेरस मनाइँदै

महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ । तिहारको पहिलो दिन मिथिलाञ्चलमा परम्पराअनुसार साँझ दीपमालिका गरी धनतेरस मनाइँदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा धनतेरस मनाउने चलन छ । यस दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । साथै नयाँ धातुका भाँडाकुँडा, गरगहना र अन्य सामग्री किनेर घरमा भित्र्याउने परम्परा छ ।

Marvel
Extreme Energy

मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस आजै मनाउन लागिएको हो । पञ्चाङ्गअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

मिथिला परम्परामा तिथि, नक्षत्र, चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने चलन छ । सोही परम्पराअनुसार यस वर्ष तिथिको घटबढले पाँच दिन मनाइने तिहार छ दिनसम्म लम्बिएको छ ।

धनतेरसका दिन नयाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने प्रचलन छ । यस्ता सामग्री घरमा भित्र्याउँदा धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । मिथिला क्षेत्रमा दीपावलीलाई बोलीचालीमा दिवाली पनि भनिन्छ । घरघरमा दीपमालिका गरेर यस पर्वको सुरुआत गरिन्छ ।

त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने यस वर्ष शनिबार परेको पण्डित झाले जानकारी दिए ।

तिहारको दोस्रो दिन आइतबार कात्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गरिनेछ । सोही दिन साँझ लक्ष्मीपूजा गर्ने पञ्चाङ्गमा उल्लेख छ ।

मैथिल परम्पराअनुसार आगामी बुधबार भाइटीकासँगै तिहार अर्थात् दीपावली पर्व सम्पन्न हुनेछ । यस दिनलाई मिथिला क्षेत्रमा भैयादूजका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो ।
यी स्थानमा हल्का वर्षाको सम्भावना

यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
फूलैफूलको मौसम तिमीलाई....

फूलैफूलको मौसम तिमीलाई....

तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।