नेभिगेशन
समाज

सार्वजनिक बसभित्र महिलामाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको बसमा महिला यात्रीलाई हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

Marvel
Extreme Energy

प्रहरीका अनुसार मिति २०८० पुस १७ गते काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ख १५६३ नम्बरको रात्री बसमा सवार महिला यात्रीलाई ती व्यक्तिहरूले हातपात तथा अभद्र व्यवहार गरेका थिए । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले मिति २०८० पुस १९ गते उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका वडा नं. ९ मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र भिमदत्त नगरपालिका वडा नं. ३ तिलकेनी बस्ने २१ वर्षीय जीवन बम रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो ।
यी स्थानमा हल्का वर्षाको सम्भावना

यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
फूलैफूलको मौसम तिमीलाई....

फूलैफूलको मौसम तिमीलाई....

तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।