नेभिगेशन
पूर्वाधार

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननको काम सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।

Marvel
Extreme Energy

भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम भने अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम पनि अघि बढेको छ । विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सिसिटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए ।

त्यस्तै, वातावरणीय बहाव व्यवस्थापनका लागि निर्माण गरिने संरचना तथा विद्युत्गृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ । भूमिगत विद्युत्गृह र सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान तथा परीक्षणको कामलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ ।

प्याकेज–२ अन्तर्गतका संरचना निर्माण तथा उपकरण जडान सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

चर्चित ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा आफ्नो बयान फेर्दै सनसनीपूर्ण खुलासा गरेका छन् ।
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो ।
यी स्थानमा आज हल्का वर्षाको सम्भावना

यी स्थानमा आज हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।