नेभिगेशन
समाज

कोप सम्मेलनमा नेपालले उठाउने एजेण्डाबारे सभापति लामिछानेलाई ब्रिफिङ

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै जाने मन्त्रीसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सम्मेलनको तयारी र नेपालको प्राथमिकताबारे जानकारी गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसहित प्रतिनिधिसभा सदस्य तथा जलवायु विज्ञसहितको टोलीले सभापति लामिछानेलाई भेटेर यही नोभेम्बर ९ देखि २० सम्म टर्कीको आन्ताल्यामा आयोजना हुने सम्मेलनका लागि सरकारले गरेका तयारीबारे जानकारी गराउनुका साथै छलफल गरेको हो ।

Marvel
Extreme Energy

सो अवसरमा सभापति लामिछानेले कोप–३१ सम्मेलनमा सशक्त उपस्थितिका साथ सबैले आफ्नो भूमिका निर्वाह गर्न र नेपालले भोग्नुपरेका जलवायु परिवर्तनका असर बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो । भेटका क्रममा मन्त्री चौधरीले सम्मेलनमा नेपालको सहभागिता, राष्ट्रिय तयारी, प्रतिनिधिमण्डलको संरचना तथा जलवायु कूटनीतिमा नेपालले अघि बढाउने प्रमुख एजेन्डाबारे जानकारी गराइन् । 

छलफलमा कोप–३१ मा नेपालको राष्ट्रिय प्राथमिकता, हिमाली क्षेत्रका जलवायुजन्य जोखिम, जलवायु न्याय, जलवायु वित्त तथा अनुकूलनका विषयमा नेपालको धारणा र सम्मेलनबाट हासिल गर्न खोजिएका उपलब्धिबारे जानकारी गराइएको थियो ।

नेपालले कोप–३१ मा विकसित राष्ट्रहरूबाट उत्सर्जन कटौतीमा थप प्रतिबद्धता, अल्पविकसित तथा हिमाली मुलुकका लागि सहज र पूर्वानुमानयोग्य जलवायु वित्त तथा प्रविधि हस्तान्तरण, हिमाललाई सम्मेलनको औपचारिक कार्यसूचीमा समावेश गराउनेलगायत विषयलाई प्राथमिकताका साथ उठाउने तयारी बारे मन्त्री चौधरीले जानकारी गराइन् । 

त्यसैगरी, नेपाल र भुटानको संयुक्त पहलमा हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने, हिमनदी पग्लने र समुद्री सतह बढ्ने विषयबीचको सम्बन्धलाई क्षेत्रीय सहकार्य तथा पूर्वसूचना प्रणालीमार्फत सम्बोधन गर्ने र हानि–नोक्सानी तथा अनुकूलनसम्बन्धी वित्तको प्रभावकारी कार्यान्वयनमा जोड दिने नेपालको तयारी रहेको  छ । 

सम्मेलनकै लागि नेपाल सरकारले राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गर्नुका साथै कोप–३१ का लागि नेपालको अवधारणापत्र तयार गरेको छ । उक्त अवधारणापत्रमा सरकारका विभिन्न निकाय, प्रदेश तथा स्थानीय तह, विकास साझेदार, नागरिक समाज, प्राज्ञिक क्षेत्र र निजी क्षेत्रबाट प्राप्त सुझाव समेटिएका छन् ।

कोप–३१ मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नेछन् । सम्मेलनमा नेपालले हिमालयको संरक्षण, जलवायु अनुकूलन, जलवायु वित्त र जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयभित्रै ऊर्जामन्त्री श्रेष्ठको छड्के, कामलाई थप प्रभावकारी बनाउन निर्देशन

मन्त्रालयभित्रै ऊर्जामन्त्री श्रेष्ठको छड्के, कामलाई थप प्रभावकारी बनाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन् ।
तिहारमा कस्तो रहला मौसम ?

तिहारमा कस्तो रहला मौसम ?

ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

चर्चित ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा आफ्नो बयान फेर्दै सनसनीपूर्ण खुलासा गरेका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।