नेभिगेशन
समाज

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको परिवारजनले बताएका छन् ।
अस्पतालको गाइनो वार्डमा बेड नम्बर ११ मा भर्ना रहेका सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई चोरी गरिएको परिवारजनले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा काम गर्ने गरेकाे बताएकी थिइन तिनले बच्चा खेलाउँदै लगेकाे बताएकी छन् । 

Ncell
Extreme Energy

साँझा देवीका अनुसार आफूले बच्चाको हेरचाह गरिरहेको अवस्थामा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि आफू बाहिर पठाइदिएकाे बताए । त्यसपछि ती महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएको उनको भनाइ छ ।

परिवारजनले बच्चा लिएर फरार भएकी महिलाले हरियो मास्क र रातो मेक्सी लगाएको बताएका छन्।

घटनापछि परिवारजनले नवजात शिशुको खोजीका लागि प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान तथा बच्चाको खोजी गरिरहेको जनाएकाे छ ।

परिवारले अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाउँदै नवजात शिशु अस्पतालबाटै चोरी हुनु गम्भीर विषय भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।