नेभिगेशन
मुख्य समाचार

हराउँदै घुमाउने घर, औँलामा गन्न सकिने बाँकी

लमजुङ । केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । हरेक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले भने खोज्नुपर्ने अवस्था आएको छ । आधुनिक घरप्रतिको आकर्षण बढेसँगै मौलिक पहिचान बोकेका पुराना घुमाउने घर भत्किन थालेपछि अहिले जिल्लामा यस्ता घर औँलामा गन्न सकिने मात्र बाँकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा घुमाउने शैलीका धेरै घर थिए । अहिले भने एउटा मात्र यस्तो घर बाँकी छ । करिब छ वर्षअघि स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले अर्को घुमाउने घरलाई सङ्ग्रहालयका रूपमा रुपान्तरण गरिएको छ ।

Ncell
Extreme Energy

उक्त सङ्ग्रहालयमा पुग्ने पर्यटकले परम्परागत घरको अवलोकन गर्नुका साथै तस्बिर खिच्ने र गाउँको मौलिकता नियाल्ने गरेका छन् ।

'पहिले टोलैपिच्छेजस्तो घुमाउने घर हुन्थ्यो, अहिले एउटामात्र बाँकी छ', वडाध्यक्ष गुरुङले भने ।

विद्युत् र आधुनिक प्रविधिको पहुँच नहुँदा घुमाउने घर गाउँलेका लागि बस्ने ठाउँमात्र थिएनन्, मौसमअनुकूल जीवनयापनको भरपर्दो आधारसमेत थिए । जाडोमा न्यानो हुने, भित्र कोठा छुट्याएर प्रयोग गर्न सकिने र बलियो हुने भएकाले यस्ता घर पुस्तौँसम्म टिक्ने गर्थे ।

सानो आकार र एकतले संरचनाका यस्ता घरमा स्थानीय स्रोतसाधनकै प्रयोग हुन्थ्यो । ढुङ्गा, माटो र काठको संरचनामाथि खरको छानाले गाउँको प्राकृतिक परिवेशसँगै मौलिक वास्तुकलाको परिचय दिन्थ्यो । भुजुङमा बाँकी रहेको पुरानो घुमाउने घर करिब एक सय वर्षभन्दा पुरानो मानिन्छ ।

वडाध्यक्ष गुरुङका अनुसार उक्त घर तत्कालीन जिम्माल तथा प्रधानपञ्च लालपट्टी गुरुङको हो । उहाँको परिवार अहिले त्यहाँ बस्दैन । तर घर अझै प्रयोगमा छ । समयसँगै पुस्ता फेरिए पनि उक्त घरले गाउँको पुरानो जीवनशैली र निर्माण सीपको सम्झना बोकेको छ ।

सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा पनि घुमाउने घरको अवस्था उस्तै छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म त्यहाँ १०–११ वटाभन्दा बढी घुमाउने घर थिए । अहिले भने दुईदेखि चार वटासम्म मात्र बाँकी छन् । पुराना घर भत्काएर आधुनिक पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत घरको सङ्ख्या घट्दै गएको हो ।

राइनास नगरपालिका–९ राइनासकोटमा भने हराउँदै गएको परम्परालाई जोगाउने प्रयास गरिएको छ । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक घरबारे चिनाउने उद्देश्यले केही वर्षअघि परम्परागत शैलीको घुमाउने घर निर्माण गरिएको छ ।

स्थानीय तथा राइनास होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बालसिंह गुरुङका अनुसार विगतमा राइनासकोटमा पाँचवटासम्म घुमाउने घर थिए । अहिले एउटामात्र बाँकी छ । हराउँदै गएको परम्परालाई जोगाउने उद्देश्यले उक्त घर संरक्षण गरेर राखिएको उनले बताए ।

'बाँकी रहेको एउटा घुमाउने घर संरक्षण गरेर राखेका छौँ । होमस्टेमा आउने पर्यटक त्यहाँ पुगेर घर हेर्ने, तस्बिर तथा भिडियो खिच्ने र घुमाउने घर यस्तो रहेछ भनी विशेषताबारे जानकारी लिने गर्छन्', अध्यक्ष गुरुङले भने ।

संरक्षण गरिएको घुमाउने घर स्थानीयका लागि पुरानो संरचना जोगाउने माध्यममात्र नभई होमस्टेमा आउने पर्यटक आकर्षित गर्ने स्रोतसमेत बनेको छ । हराउँदै गएको परम्परागत वास्तुकलालाई पर्यटनसँग जोडेर जीवित राख्न सकिने सम्भावना यस्ता संरचनाले देखाएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–३ ढक्कैका स्थानीय पूर्णबहादुर गुरुङले पुराना घुमाउने घर भत्काएर आधुनिक घर निर्माण गर्ने क्रम बढेपछि मौलिक संरचना हराउँदै गएको बताए ।

उनका अनुसार भविष्यमा पुरानै शैलीको घुमाउने घर निर्माण गर्न कठिन हुनसक्छ । तथापि गाउँको मौलिक स्वरूप जोगाउने अर्को बाटो खोज्न सकिने उनको भनाइ छ ।

'भविष्यमा पुरानै शैलीको घुमाउने घर बनाउन सम्भव नहोला, तर गाउँघरको टिपिकल स्वरूप झल्किने घर सिमेन्टलगायत आधुनिक सामग्री प्रयोग गरेर भए पनि निर्माण गर्ने सोच छ', उनले भने।

एक दशकअघिसम्म जिल्लाका ग्रामीण बस्तीमा सयौँको सङ्ख्यामा, विशेषगरी खरले छाएका पुराना घुमाउने घर थिए । अहिले भने त्यस्ता घर औँलामा गन्न सकिने अवस्थामा पुगेपछि स्थानीय बुढापाका चिन्तित छन् । उनीहरूका अनुसार घुमाउने घर अहिले दुर्लभ बन्दै गएका छन् ।

घुमाउने घर हराउनु भनेको एउटा पुरानो भवनमात्र हराउनु होइन । यससँगै स्थानीय सीप, वास्तु परम्परा, जीवनशैली र मौलिक पहिचानसमेत लोप हुँदै जान्छ । त्यसैले नेपाली मौलिक पहिचान झल्काउने बाँकी घरको अभिलेखीकरण, संरक्षण र पुनर्निर्माणसँगै नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

पर्यटनसँग जोडेर यस्ता सम्पदालाई जीवित राख्ने प्रयासले परम्परा र आधुनिकतालाई सँगसँगै अघि बढाउन सक्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।
प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।