नेभिगेशन
सबै कुरा

समिति बैठकमा प्रेम सुवालले आरजुलाई भने ‘बीपी कोइरालाको प्रतिष्ठान नै बेच्नुभयो ' (भिडियो सहित)

काठमाडौँ । सोमबार सिंहदरबारमा संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको थियो । बैठकमा समितिका सदस्य प्रेम सुवाल आफ्नो भनाई राखिरहेका थिए । सुवालले नेपालमा पाइने औषधि कम गुणस्तरीय भएको भन्दै आफ्नो भनाई राखिरहेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उक्त क्रममा समितिकी सभापति आरजु राणाले उनलाई रोक्दै पोइन्टमा कुरा राख्न भनिन् । त्यसपछि प्रेम सुवाल आक्रोसित बने । आरजु राणाले सांसद सुवाललाई पोइन्ट टु पोइन्ट बोल्नुस भनेपछि सुवाल टेबल ठटाएर बोल्दिनँ भन्दै हिँडे ।  

साभापति राणाले सांसद सुवाललाई थमथम्याउने प्रयास गरेपनि सकिनन् । सुवाल आक्रोसित हुँदै सिंहदबार कब्जा गर्न पाएपछि मात्रै खुसी हुने भन्दै थप पड्किए । त्यतिमात्र हैन राणाप्रति इंगित गर्दै उनले भने, ‘बीपी कोइरालाको त बीपी प्रतिष्ठान नै बेच्नुभयो नि। सबै थाहा छ हामीलाई। सभापतिजीले ठूलो कुरा गर्न पर्दैन। कुन प्रधानमन्त्रीको पालामा कति भ्रष्टाचार भयो सबै थाहा छ हामीलाई।’

सुवाल त्यतिमै रोकिएनन् । उनले नेपाली युवाहरुलाई तपाईँहरुले नै विदेश पठाएको भन्दै थपे, ‘तपाईँहरूले युवाजति ८० लाख विदेश पठाउनुभयो। म त बोलिरहेको छु नि, किन रोक्नुभयो ?’

सांसद सुवाल रिसाएर टेबल ठटाएर उठेर हिँड्दैगर्दा अन्य सांसद र समिति सभापतिले सांसद सुवाललाई ‘त्यस्तो हैन, बस्नुस भन्नबाहेक केही गर्न सकेनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।