नेभिगेशन
सबै कुरा

समिति बैठकमा प्रेम सुवालले आरजुलाई भने ‘बीपी कोइरालाको प्रतिष्ठान नै बेच्नुभयो ' (भिडियो सहित)

काठमाडौँ । सोमबार सिंहदरबारमा संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको थियो । बैठकमा समितिका सदस्य प्रेम सुवाल आफ्नो भनाई राखिरहेका थिए । सुवालले नेपालमा पाइने औषधि कम गुणस्तरीय भएको भन्दै आफ्नो भनाई राखिरहेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उक्त क्रममा समितिकी सभापति आरजु राणाले उनलाई रोक्दै पोइन्टमा कुरा राख्न भनिन् । त्यसपछि प्रेम सुवाल आक्रोसित बने । आरजु राणाले सांसद सुवाललाई पोइन्ट टु पोइन्ट बोल्नुस भनेपछि सुवाल टेबल ठटाएर बोल्दिनँ भन्दै हिँडे ।  

साभापति राणाले सांसद सुवाललाई थमथम्याउने प्रयास गरेपनि सकिनन् । सुवाल आक्रोसित हुँदै सिंहदबार कब्जा गर्न पाएपछि मात्रै खुसी हुने भन्दै थप पड्किए । त्यतिमात्र हैन राणाप्रति इंगित गर्दै उनले भने, ‘बीपी कोइरालाको त बीपी प्रतिष्ठान नै बेच्नुभयो नि। सबै थाहा छ हामीलाई। सभापतिजीले ठूलो कुरा गर्न पर्दैन। कुन प्रधानमन्त्रीको पालामा कति भ्रष्टाचार भयो सबै थाहा छ हामीलाई।’

सुवाल त्यतिमै रोकिएनन् । उनले नेपाली युवाहरुलाई तपाईँहरुले नै विदेश पठाएको भन्दै थपे, ‘तपाईँहरूले युवाजति ८० लाख विदेश पठाउनुभयो। म त बोलिरहेको छु नि, किन रोक्नुभयो ?’

सांसद सुवाल रिसाएर टेबल ठटाएर उठेर हिँड्दैगर्दा अन्य सांसद र समिति सभापतिले सांसद सुवाललाई ‘त्यस्तो हैन, बस्नुस भन्नबाहेक केही गर्न सकेनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...