नेभिगेशन
समाज

२०० को सामान किन्दा १० लाख उपहार

काठमाडौँ । भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत आज भदौ महिनाका उपहार विजेता घोषणा गरिएको हो । पाक्षिक रुपमा पुरस्कार घोषणा गरिनेमा यसपालि भदौ १० को भोटेकोशी बाढीका कारण आज भदौ महिनाभरको उपहार घोषणा गरिएको हो ।

Ncell
Extreme Energy

भदौ १६ देखि ३१ गतेसम्मको पुरस्कारअन्तर्गत कात्यायानी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान किन्ने ०४८९१५६१८२११ नम्बर कुपनका एक ग्राहकले १० लाख रुपैयाँ उपहार जितेका छन् ।

त्यस्तै सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने ०३६४४७८५२३७८ नम्बर कुपनका एक ग्राहकले पनि दश लाख बम्बर उपहार जितेका छन् । भदौ १ देखि १५ गतेसम्म सामान खरिद गर्नेहरुमध्येबाट उनले उक्त उपहार जितेका हुन् ।

त्यस्तै भदौको पहिलो १५ दिनमा १५ जना र भदौको पछिल्लो १६ दिनका १६ ग्राहकले जनही एक–एक लाख उपहार जितेका छन् । सामान किनेपछि बिल लिने र कर तिर्ने बानीको विकास गर्न सरकारले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...