नेभिगेशन
सबै कुरा

आफ्नो नेतृत्वमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताए। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको बताए । 

Ncell
Extreme Energy

“सरकारले गरेको नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यले जनतामा आशा जगाएको छ ।”

सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको स्पष्ट पारे। प्रधानमन्त्री दाहालले भने, “दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ ।”

प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न प्रतिबद्ध रहेको बताए । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।