नेभिगेशन
समाज

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

काठमाडौँ । आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले उक्त अनुमान गरेको हो । 

Ncell
Extreme Energy

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।

महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ ।

पूर्वानुमान अनुसार कोशीका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आगामी पाँच दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । 

नारायणीका नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती तथा कालीगण्डकी नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान  छ ।

त्यसैगरी, कर्णालीका कर्णाली, भेरी, तिला तथा पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्ने जनाइएको छ । महाशाखाका अनुसार केही नदी तथा जलाधारमा आकस्मिक बाढीको जोखिम रहेको छ । 
    
आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र केही स्थानमा आकस्मिक बाढीको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीपूर्व तथा पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व तथा पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, कञ्चनपुरलगायत जिल्लामा ससाना नदीमा बहाव बढ्ने सम्भावना  छ ।
 
महाशाखाका बाढीविद् जोशीले नदी तथा खोलाको तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...