नेभिगेशन
समाज

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

काठमाडौँ । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्णयअनुसार शुक्रबार र शनिबार ती जिल्लालाई ‘रेड अलर्ट’मा राख्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

Ncell
Extreme Energy

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा सवारी सञ्चालन रोकिएको हो।

यी हुन् सवारी सञ्चालनमा रोक लगाइएका २५ जिल्ला

तराईका ६ जिल्लाः रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर

पहाडी तथा भित्री मधेसका ७ जिल्लाः पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेत

उच्च पहाडी तथा हिमाली १२ जिल्लाः गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुला

यसरी तराईका ६, पहाडी तथा भित्री मधेसका ७ र उच्च पहाडी तथा हिमाली क्षेत्रका १२ गरी कुल २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक लगाइएको हो।

प्राधिकरणले रेड अलर्टमा राखिएका २५ जिल्लाबाहेक अन्य जोखिमयुक्त क्षेत्रमा समेत रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न भनिएको छ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र बाढी, पहिरो तथा अन्य विपद्को जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।