नेभिगेशन
समाज

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका छन् ।
 
रसुवाको पासाङ ल्हामु राजमार्ग बाढीले त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध छ । यद्यपि, काठमाडौँबाट टोखा–छहरे–विदुर–नुवाकोट, दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–जिरो–किमि कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
 
नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ । उक्त व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ ।

Marvel
Extreme Energy

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । कृष्णभीर क्षेत्रमा ठूलो ढुङ्गासहितको पहिरो झरेपछि सडक एकतर्फी सञ्चालनमा आएको तथा बेनिघाट रोराङ–१० स्थित पानीधारामा पनि पहिरोकै कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
 
चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ । अर्कोतर्फ बिपी राजमार्गअन्तर्गत काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध छ । प्रहरीका अनुसार, धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध छ ।

गण्डकी प्रदेशमा मनाङको बेँसीसहर–खाङसार सडकखण्डमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मनाङकै चामे–बेँसीसहर सडकखण्डमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा कालिकोटको कर्णाली राजमार्ग पनि पहिरो र लेदोका कारण अवरुद्ध छन् । गुल्मीका रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेनी–वामीटक्सार सडक र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ ।
 
म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोक पथमा पनि पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन । लमजुङको बेँसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुङ्गा–बेनी सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
 
देशका विभिन्न जोखिमयुक्त सडकमा रातिको आवागमन रोक्ने तथा कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गर्ने निर्णय गरिएको छ । प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ ।  बाह्य मतदानका...
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।