नेभिगेशन
सबै कुरा

अरुण चौधरीलाई पक्राउ गर्ने निर्णय फिर्ता लिन निजी क्षेत्रको माग

काठमाडौँ । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा बिरोध गरेका छन् । उनीहरुले चौधरीमाथि लगाइएको आरोप प्रमाणित भएपछि मात्रै पक्राउ गर्नुपर्ने तर्क गर्दै केन्द्रीय अनुसन्धान ब्युरोको कदम सच्याउनुपर्ने माग समेत राखेका छन् । 

चौधरी पक्राउ परेपछि निजी क्षेत्रका व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै सरकारको कदमको बिरोध गरेका हुन् । सो क्रममा उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले चौधरी प्रतिष्ठित उद्यमी भएकाले भाग्ने सम्भावना नै नरहेकाले बिना सूचना पक्राउ गर्नु विधिको शासनमाथिको खेलबाड भएको बताए । अग्रवालले भने, ‘सरकारको कदमले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महशुस गरेका छौँ । कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हाम्रो पनि विमत्ति छैन । तर शंकाकै भरमा उसको वैयक्तिक स्वतन्त्रताको हनन् हुने गरी पक्राउ गर्ने कार्य न्यायसंगत भएन ।’

CG

उनीहरुले चौधरी पक्राउपछि सरकारले निजीक्षेत्रको योगदानलाई उपेक्षा गरेको शंका गर्ने अवस्था आएको बताएका छन् । 

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ सीआईबीले पक्राउ गरेको हो । 

प्रहरीले सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...
ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड...
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको  भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...

भर्खरै