नेभिगेशन
सबै कुरा

बँदेलको आतङ्कले गाउँमा त्रास

अछाम । जङ्गली जनावर बँदेलको आतङ्कले अछामको एउटा गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् ।

मङ्गलसेन  नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।

Global Ime Bank

माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट सख्त घाइते भएकी भण्डारीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि  थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो ।

बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो । नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय झुमा भण्डारीले बताइन् । 

त्यसैगरी, मङ्गलसेन–७ को जनालीबण्डालीमा पनि बँदेलले आतङ्क मच्चाएको छ । माघ १६ गते राति ११ बजेको समयमा बँदेलको आक्रमणबाट दुईजना घाइते भएका थिए । गाउँमा बिहेको भोज खाएर फर्किने क्रममा वडा नं ७ का १५ वर्षीय नेत्र जनाला र १७ वर्षीय महेन्द्र उखेडालाई आक्रमण गर्दा दुवै जना घाइते भए। घाइतेमध्ये उखेडाको जिल्ला अस्पतालमा उपचार पश्चात् घर पठाइएको छभने अर्का घाइते जनालालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

अहिले पनि गाउँको वरिपरि तीन÷चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन् । गाउँमा बँदेलले आतङ्क मच्चाएको गुनासो आउन थालेपछि बँदेल नियन्त्रणमा लिन प्राविधिक जनशक्ति अछाममा नभएकाले आवश्यक प्राविधिक टोली पठाउन प्रदेश वन निर्देशनालयलाई अनुरोध गरिएको डिभिजन वन कार्यालयका  प्रमुख जनक उपाध्यायले बताए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

वडा नम्बर २, ३ र ४ का खाजा–नास्ता होटलहरूमा भारतको बिहारबाट आउने ग्राहक लक्षित गरी यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको आरोप छ । उक्त गतिविधिले समाजमा गलत असर...
अदालतबाट हतकडीसहित भागेका थुनुवा बालाजु बसपार्कमा भेटिए

अदालतबाट हतकडीसहित भागेका थुनुवा बालाजु बसपार्कमा भेटिए

चोरी कसुरमा पक्राउ परेको उनी  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिक १ घर भई हाल गंगबु बस्दै आएका थिए । उनलाई चोरीको आरोपमा २०८२ जेठ २० गते प्रहरी वृत्त लैनचौरले...
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमतले विधेयक अनुमोदन...
सर्वोच्च अदालतमा प्रस्तावित  दुई न्यायाधीशको संसदीय सुनुवाइ

सर्वोच्च अदालतमा प्रस्तावित  दुई न्यायाधीशको संसदीय सुनुवाइ

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाइ गरेको छ । समितिले  वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र  उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलको आज सुनुवाइ...